मेलबर्न – अस्ट्रेलिया र न्युजिल्यान्डद्वारा आफ्ना नागरिक, पीआर होल्डर र उनीहरुका आफन्तबाहेक सबै विदेशीलाई देश प्रवेशमा रोक लगाइएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना नियन्त्रणका लागि सक्दो प्रयाश गरिरहेको बताउँदै स्थानीय समयअनुसार शुक्रबार रातीदेखि नै सो नियम लागु हुने बताएका छन्।
अस्ट्रेलियामा हालसम्म ६ सय भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् भने ६ जनाको ज्यान गएको छ। न्युजिल्यान्डमा भने २८ जना कोरोना संक्रमित रहेको पुष्टि भएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६ ०७:३२