पत्रकारले धेरैका आवाज उठाउँछ, तर उसको आफ्नै आवाज सुनिँदैन । न त उसको सुरक्षाको ग्यारेण्टी हुन्छ, न त जीवन बिमा । ‘बिमा’ भन्नु कुन चरीको नाम हो, थाहा छैन । ‘सुरक्षा’ शब्द त केवल सरकारी नाराजस्तो लाग्छ । घरपरिवारको भविष्यको योजना बनाउँदा पनि अल्मलिन्छ, किनभने स्थायित्व भन्ने चिज यो पेसामा विरलै भेटिन्छ ।
हिजो पत्रकारिता निष्पक्षताको नजिक थियो, तर आज व्यापारमुखी बनेको छ । विज्ञापनदाताको प्रभाव बढ्दै गएको छ । सम्पादकीय स्वतन्त्रता संकुचित भइरहेको छ । कतिपय सञ्चारमाध्यमहरू निश्चित राजनीतिक गुट वा व्यावसायिक समूहको स्वार्थअनुरूप सञ्चालन भइरहेका छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा पत्रकारिताले निष्पक्षता, सत्यता र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ । पत्रकारिता व्यापारमात्र होइन, समाज सेवा पनि हो भन्ने दृष्टिकोण राख्नुपर्छ । यतिमात्र गर्न सकियो भने पत्रकारिताले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्छ ।
पत्रकारिता पेसा नाममात्रै ठूलो, गरिमा देख्दा लोभलाग्दो तर भित्री कथा सुन्दा रुँदै निदाउनुपर्ने । बाहिरबाट हेर्दा आकर्षक, समाज परिवर्तनको संवाहक देखिने यो पेसा भित्र पस्दामात्र वास्तविकता थाहा हुन्छ । समाजका ठूलाबडाका गफ सुन्ने, नीति निर्माताको निर्णयको समीक्षा गर्ने, सडकदेखि संसद्सम्म आवाज उठाउने तर आफ्नै आवाज सुनाउने कोही नभएको जीवन हो पत्रकारको ।
बिहान घाम झुल्किनुअघि नै काम सुरु हुने, रात परेपछि मात्र घर फर्किने । न घरको मेलो, न आरामको समय । एउटा समाचार सकाएर दोस्रो सुरु गर्नुअघि सास फेर्न पनि मुस्किल पर्ने । पत्रकारको दिनचर्या अजब गजबको हुन्छ । बिहान उठ्नेबित्तिकै फोन घनघनाउँछ । ‘आजको मुख्य खबर के होला ?’ यो प्रश्नको उत्तर खोज्नै पर्छ । इन्टरनेट खोतल्नुपर्छ, स्रोतसँग कुरा गर्नुपर्छ, सडकमा निस्किनुपर्छ । पत्रकार सम्मेलनमा जानुपर्छ, आन्दोलनको भीडमा हराउनुपर्छ ।
हिजो सरकारको बचाउ ग¥यो भने आज विरोधमा बोल्नुपर्छ । निष्पक्षताको धागोमा हिँड्नुपर्छ । कोही रिसाउँछन्, कोही धम्क्याउँछन् । कहिलेकाहीँ आफ्नै सहकर्मीले गाली गर्छन्, ‘तँ सत्ताको दलाल भएछस !’पत्रकारले धेरैका आवाज उठाउँछ, तर उसको आफ्नै आवाज सुनिँदैन । न त उसको सुरक्षाको ग्यारेण्टी हुन्छ, न त जीवन बिमा । ‘बिमा’ भन्नु कुन चरीको नाम हो, थाहा छैन । ‘सुरक्षा’ शब्द त केवल सरकारी नाराजस्तो लाग्छ । घरपरिवारको भविष्यको योजना बनाउँदा पनि अल्मलिन्छ, किनभने स्थायित्व भन्ने चिज यो पेसामा विरलै भेटिन्छ ।
खोज पत्रकारिता गर्नेले सधैं जोखिम उठाउनुपर्छ । शक्तिशाली अपराधीहरू, भ्रष्ट अधिकारीहरू, माफियाहरूको पोल खोल्ने हिम्मत गर्दा ऊ आफैं खतरा मोलेर हिँड्नुपर्छ । कहिले धम्की आउँछ, कहिले अनौठो दुर्घटना हुन्छ । कतिपय पत्रकार त हराएरै जान्छन् । आर्थिक अवस्था झन् बेहाल । नाम चलेका केहीबाहेक धेरै पत्रकारको तलब सामान्य कर्मचारीको जतिकै हुन्छ । कहिले समयमै तलब आउँछ, कहिले आउँदैन । ‘प्रेस कार्ड’ देखाएर चियाको चुस्की पिउने होटलकै साहुजीले पनि पैसा तिर्न दबाब दिन्छ ।
दैनिक खर्चको हिसाब गर्न नसक्ने अवस्थामा पुग्छ कतिपय पत्रकार । दिनभरि भोकभोकै हिँडेर रिपोर्टिङ गर्ने, राति फर्केर चाउचाउको झोल खाएर निदाउने अवस्था । महिनाको अन्त्यमा दुई पैसा बचत होला भनेर दूध तताउने प्रयास गर्छ, तर बैंक खाताले कहिल्यै साथ दिँदैन । यो पेसामा बस्नेहरूले उत्साहका साथ काम गर्छन् । समाज परिवर्तनको सपना देख्छन् । जनताका मुद्दा उठाउँछन् । सरकारलाई कठघरामा उभ्याउँछन् । तर जब आफ्नो व्यक्तिगत जीवन हेर्छन्, लाग्छ– वसन्त ऋतु त हेर्नकै लागिमात्रै रहेछ !
हिजो र आजको पत्रकारिता
हिजोको पत्रकारिता छापा माध्यममा आधारित थियो । अखबार, रेडियो, टेलिभिजनजस्ता पारम्परिक सञ्चारमाध्यमहरू नै सूचनाको प्रमुख स्रोत थिए । खोज पत्रकारिता प्रवल थियो, समाचार तयार पार्न समय लाग्थ्यो, सत्यतथ्य पुष्टि गर्न गहिराइमा अध्ययन गरिन्थ्यो । समाचार लेख्दा नैतिकता, वस्तुनिष्ठता र तथ्यपरकता अत्यावश्यक मानिन्थ्यो ।
आजको पत्रकारिता डिजिटल युगमा प्रवेश गरेको छ । समाचारको गति तीव्र भएको छ, तर सत्यता गुम्ने खतरा पनि बढेको छ । अनलाइन पोर्टल, सामाजिक सञ्जाल र युट्युब च्यानलहरूले पत्रकारिताको रूप बदलिदिएको छ । तत्काल प्रतिक्रिया दिने दबाबका कारण तथ्य जाँच्न नपुग्ने समस्या देखिन्छ । पत्रकारमात्र होइन, सामाजिक सञ्जालका प्रयोगकर्ताहरू नै समाचार स्रोत बन्न पुगेका छन् ।
हिजो पत्रकारिता निष्पक्षताको नजिक थियो, तर आज व्यापारमुखी बनेको छ । विज्ञापनदाताको प्रभाव बढ्दै गएको छ । सम्पादकीय स्वतन्त्रता संकुचित भइरहेको छ । कतिपय सञ्चारमाध्यमहरू निश्चित राजनीतिक गुट वा व्यावसायिक समूहको स्वार्थअनुरूप सञ्चालन भइरहेका छन् । तर, प्रविधिले पत्रकारितालाई सहज पनि बनाएको छ ।
सूचना तत्काल फैलाउन सकिन्छ, दूरदराजका घटनाहरू पनि छिट्टै सार्वजनिक गर्न सकिन्छ । नागरिक पत्रकारिता फस्टाएको छ ।हिजोको भन्दा आजको पत्रकारिता चुनौतीपूर्ण छ, तर अवसर पनि उत्तिकै छ । पत्रकारहरूले सत्यता, विश्वसनीयता र निष्ठालाई कायम राखेमात्र पत्रकारिताको गरिमा जोगिन सक्छ ।
अबको बाटो
अबको पत्रकारिता गुणस्तरीय, सत्यपरक र जनउत्तरदायी हुनुपर्छ । पत्रकारहरूले सत्यतथ्य पुष्टि गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्छ । ‘छिटोभन्दा सही’ भन्ने मानसिकता विकास गर्नुपर्छ । खोज पत्रकारितालाई प्रविधिसँग मिलाएर अझ प्रभावकारी बनाउन आवश्यक छ । स्वतन्त्र पत्रकारिता जोगाउन सम्पादकीय स्वतन्त्रता कायम राख्नुपर्ने हुन्छ । सञ्चारमाध्यमहरू आर्थिकरूपमा आत्मनिर्भर हुन सक्ने संरचना तयार पार्नुपर्छ, जसले गर्दा विज्ञापनदाताको प्रभाव कम होस् ।
नागरिक पत्रकारिताको विस्तारलाई सही ढंगले परिचालित गर्नुपर्छ । कुनै पनि समाचार सामाजिक सञ्जालमा छरिनुअघि त्यसको सत्यता जाँच गर्ने संस्कार विकास गर्नुपर्छ । पत्रकारहरूको पेसागत सुरक्षाको व्यवस्था राज्य र सञ्चार संस्थाले गर्नुपर्छ । जीवन बिमा, स्वास्थ्य बिमाजस्ता सुविधाहरू उपलब्ध गराइने वातावरण बनाउन जरुरी छ ।
सबैभन्दा महत्वपूर्ण कुरा पत्रकारिताले निष्पक्षता, सत्यता र समाजप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राख्नुपर्छ । पत्रकारिता व्यापारमात्र होइन, समाज सेवा पनि हो भन्ने दृष्टिकोण राख्नुपर्छ । यतिमात्र गर्न सकियो भने पत्रकारिताले आफ्नो गौरवशाली इतिहासलाई निरन्तरता दिँदै भविष्यमा अझ प्रभावकारी भूमिका खेल्न सक्छ ।
(लेखक अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुन्)