जेनेभा – विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण बिहीबारसम्म विश्वभर ८ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको बुधबारसम्मको विवरणअनुसार विश्वभर २ लाख १९ हजार ३५७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा फैलिएको पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिहरुमध्ये ८५ हजार ७४५ जना उपचारपछि घर फर्किसकेका छन् भने एक लाख २४ हजार ६११ व्यक्ति अझै सङ्क्रमित रहेको जनाइएको छ ।