काठमाडौं - नेपाली सेनाले हरेक वर्ष गर्दै आएको लघुचलचित्र प्रतियोगितामा यो वर्ष रबिन तामाङको लघुचलचित्र ‘उडान’ले प्रथम स्थान हासिल गरेको छ । नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०८१ अन्तर्गत प्राप्त ५० ओटा आलेखमध्ये छनोट भएको उत्कृष्ट १० प्रतियोगी कथाले लघुचलचित्र निर्माणमा भाग लिएको थियो ।
गत चैत २० गते कार्यक्रमका प्रमुख अथिति तथा प्रधान सेनापती अशोकराज सिक्देलको उपस्थितिमा आर्मी हेडक्वाटर भद्रकालीको सभाहलमा सम्पन्न भएको लघुचलचित्र प्रतियोगितामा प्रथम स्थान हासिल गरेको ‘उडान’ले २ लाख नगद पुरस्कारसमेत प्राप्त गरेको थियो । बिगतमा नेपाली सेना लघुचलचित्र प्रतियोगिता २०७८ मा पनि तामाङको लघुचलचित्र ‘कस्तुरी’ प्रथम र ‘डोल्मा’ ले तेस्रो स्थान हासिल गरेको थियो ।
लघुचलचित्र ‘उडान’ मा आर्मी जङगल र जंगली पैदावारको सुरक्षा गर्नको निमित वन्यजन्तुको संरक्षणको निमित्त निकुञ्जमा तैनाथ रहन्छ । तर निकुञ्ज नजिकैको बस्तिको एक बालिका निकुञ्जकै जनावरबाट बाली बचाउनको लागि कुर्नुपर्ने हुन्छ । यहि समस्या र समाधानको वरिपरि कथावस्तु रहेको छ ।
चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने बाल कलाकार सुपृम राईको अभिनयले निकै तारिफ बटुलेको थियो । ग्याल्जेन कृयसनको प्रस्तुतिमा बनेको लघुचलचित्र ‘उडान’ मा मिस तामाङ रिया लामा, रमिला मोक्तान, सुनिता श्रेष्ठ, टोनि तामाङ, विकास थापा मगर, बिरबल घले, सुवास राई, सुक्रराज मगरको अभिनय रहेको छ ।
‘उडान’को कास्टिङ डाइरेक्टर सुरेन्द्र क्षेत्री हुन् भने छायांकन बिनोद बलले गरेका छन् । कृयटिभ डिरेक्सन बाबुराम निरौलाले गरेका छन् । मुख्य सहायक निर्देशक अन्सुल डागी, पन्कज सार्की रहेका छन् । भरत महरले सेट डिजाइन गरेका हुन् । पोस्ट प्रोडक्सन रिमा फिल्मस्ले गरेको ‘उडान’को सम्पादन मिराज अर्यालले गरेका हुन् । लघुचलचित्रको साउन्ड डिजाइन तथा पाश्र्व गाएन मनोज खड्काले गरेका हुन् ।