काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ ।
सुनको मूल्य तोलामा १९ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ रहेको छ भने चाँदी प्रतितोला १८०० रुपैयाँमा काराेबार रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।