काठमाडौं - अफगानिस्तान यु-१९ टोलीले एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाली युवा टोलीसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मुलपानी किकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पार्यो ।
अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाईले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाईले ११ र खालिद अहमदजाईले १० रन बनाए ।
नेपालका लागि सन्ताेष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले समान दुई तथा अभिषेक तिवारीले एक विकेट लिए ।अफगानिस्तान लगातार दोस्रो जित निकाल्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । नेपाल शृंखला बराबरी गर्ने सोचमा छ ।पहिलो खेलमा अफगानिस्तान १३० रनले विजयी भएको थियो ।