काठमाडौं – लोक सेवा आयोगका चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित भएको छ । चैत ६ गते बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गरेको उपसचिव एक नारायण शर्माले जनाए । कोरोना संक्रमणको बिरूद्ध सावधानी अपनाउन आयोगले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरलको संयोजकत्वमा बुधबार बसेको बैठकले सबै परीक्षा तथा पठनपाठन स्थगित गर्ने निर्णय गरेसँगै लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको उपसचिव शर्माले विज्ञप्तिमार्फत जनाए ।