काठमाडौं - आज सुनको मूल्यमा थाेरैले घटेको छ । लगातार बढेकाे सुनकाे मूल्य हिजाेबाट घट्ने क्रम जारी छ ।
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजाे सुनकाे मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा काराेबार भएको थियाे ।
चाँदीको मूल्य तोलामा भने स्थिर रहेकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतितोला १८ सय ३० रुपैयाँमा काराेबार भएकाेमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।