काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खरिद गरेको प्रशासनिक भवन उद्घाटन गरिएको छ । साेमबार औपचारिक रुपमा संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीकाे उपस्थितिमा उक्त भवनको समुद्घाटन गरिएकाे हाे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन खरीदका लागि मेनपावर कम्पनीहरुले ठूलो सहयोग गरेका छन् । सिफलस्थित संघको प्रशासनिक भवन खरीदका लागि मेनपावर कम्पनीहरुले कराेडाैँ सहयोग गरेका छन् ।भवन खरिदमा विभिन्न संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए ।
संघले हालसालै काठमाडौंको सिफल चौर अगाडि साँढे ३ तलाको ६ आना १ दाम क्षेत्रफलको घर व्यवसायीहरुबाट आर्थिक सहयोग संकलन गरेर खरिद गरेको थियो । सबैभन्दख धेरै आर्थिक सहयोगकाे क्रममा दि रिभरकाअध्यक्ष रघु पुरीले १४ लाख ५१ हजार १०६ रुपैयाँ सहयोग गरेकाे छ । प्याराडाइज इन्टरनेशनल प्रालिका अध्यक्ष नवराज केसीले १३ लाख ३३ हजार ३३३, क्सन इन्टरनेसनल प्रालिका अध्यक्ष ईश्वर सापकोटाले ११ लाख ५५ हजार ५५५ र निलकमल ह्यूमन रिसोर्स प्रालिले ११ लाख ११ हजार १११ रूपैँया संघलाई सहयोग गरेका हुन् । एसओएस मेनपावर सर्भिस प्रा. लि. रजि.सि.डी. वल्र्डवाइड प्रा. लि.ले नाै लाख रूपैँया सहयाेग गरेका छन् ।
यसै गरी एसिया लिडक ओभरसिज प्रा. लि.ले पाँच लाख ७७ हजार ७७७, सान नेपाल प्रा. लिले पाँच लाख ५५ हजार ५५५ ,मदरल्याण्ड ओभरसिज प्रा. लि.ले पाँच लाख ३८ हजार र एड्मान्स मेनेजमेन्ट ग्रुप प्रा. लि.पाँच लाख ३३ हजार ३३३ रूपैँया सहयाेग गरेका छन् ।
संघ स्थापना भएको ३२ वर्षसम्ममा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । काठमाडौँ सिफलस्थित ६ आना एक दाममा निर्मित ४ तल्ले भवन खरिद गरेको थियो



