काठमाडौं - एआइजी टेक तामाङद्वारा प्रहरी निरीक्षक मिन खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त (एआइजी) टेक तामाङद्वारा प्रहरी निरीक्षक मिन खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे हाे ।
महानिरीक्षक तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को निर्णयानुसार जनपदतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका प्रहरी निरीक्षक मिन बहादुर खड्कालाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हाे ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिए ।