काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पहिलो जीत निकालेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीमाथि १–० को जित निकाल्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौँका लागि अमाडु डिओपले खेलको ८९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै काठमाडौँ अंक तालिकाको तेस्रो नम्बरमा उक्लिएको छ ।
यसअघिका दुई खेलमा बराबरी र एक खेलमा हार भोगेको काठमाडौँ ५ अंकसहित तेस्रो नम्बरमा उक्लिएको हो । बुटवल भने अंक तालिकाको अन्तिममा छ । बुटवल चार खेलमध्ये एक खेलमा बराबरी र तीन खेलमा पराजित भएको थिया ।