काठमाडौं - आज सुनको मूल्यमा बढेकाे छ । सुनकाे मूल्य दुई हजारले बढेकाे छ ।
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ७५ हजार ४ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजाे सुनकाे मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा काराेबार भएको थियाे ।
चाँदीको मूल्य तोलामा पाँच रूपैँयाले बढेकाे छ । हिजाे चाँदीकाे मूल्य प्रतितोला १८ सय ३० रुपैयाँमा काराेबार भएकाेमा आज प्रतितोला १८ सय ३५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।