काठमाडाैं - वैदेशिक रोजगार व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका ५ जना निलम्बनमा परेका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनकाे मंगलबार बसेकाे कार्यसमिति बैठकले लिखित स्पष्टिकरणको कुनै जवाफ नदिएको भन्दै एक पत्र जारी गरी ५ पदाधिकारीहरू निलम्बन गरिएकाे जनाएकाे हाे ।
निलम्बनमा पर्नेहरू नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका काेषअध्यक्ष हिमा गुरूङ ,पूर्व उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष सुजित कुमार श्रेष्ठ , पूर्व कार्यसमिति सदस्य ईश्वर सापकाेटा , चन्द्र बहादुर लिम्बू, र कणराज कटुवाल परेका छन् ।
सर्वसम्मत निर्णय अनुसार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत्र २९ गते हुने निर्वाचनका लागि भुवन सिंह गुरुङ्गको नेतृत्वमा उम्मेदवारहरु घोषणा गरिएकोमा लोकतान्त्रिक एशोसिएसनको संस्थागत निर्णयलाई वेवास्ता गरी केही सदस्यहरुलाई समेत साथमा लिई प्रथम उपाध्यक्ष पदमा एमाले निकट प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी समूहको नरेश गेलाल नेतृत्वको समूहबाट उम्मेदवारी मनोनयन दतां गराई लोकतान्त्रिक एशोसिएसनको निर्णय विरुद्ध बागी उम्मेदवार बनि बनाई एशोसिएसनद्धारा घोषणा गरिएका उम्मेदवारलाई हराउने गरी लागेको पत्रमा जनाइएकाे छ ।
आइतबार सोधिएको लिखित स्पष्टिकरणको कुनै जवाफ नदिएको र उम्मेदवारी समेत फिर्ता नगरेकाले मंगलबार बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार एशोसिएसनको विधान २०६३ को दफा ८,९ र १४ बमोजिम तपाईलाई यस संस्थाबाट साधारण सदस्यता समेत नरहने गरी निलम्बन निष्कासन गर्ने निर्णय गरेका जानकारी गराएको छ ।