काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा गरेको आन्दोलनको कार्यतालिका संशोधन गरेको छ ।
यही चैत १ गतेदेखि पत्रकार सम्मेलन गरेर घोषणा गरिएको आन्दोलनको कार्यतालिका परिमार्जन गरिएको महासचिव एवं आन्दोलन संयोजन कमिटीका संयोक घनश्याम भूसालले जानकारी दिए ।
नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते प्रदेश सरका र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने, वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणका कार्यक्रम घोषणा गरिने जनाइएकाे छ ।