काठमाडौं - हङकङमा जारी हङकङ टी-२०आई सिरिजको उपाधि जित्नका लागि नेपालले कुवेतबाट १७५ रनको लक्ष्य पाएको छ ।
मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर १७४ रन बनाएको थियो ।
कुवेतले ब्याटिङमा सानदार सुरुवात गरेपनि नेपाली बलरहरुले उत्कृष्ट कमब्या गरेपछि स्कोरमा रोकियो ।पावर प्लेमै ७१/१ रन बनाएको कुवेतले ९ ओभरमा १००–२ रन बनाएको थियो । नेपालले टी२०आईमा पावर प्लेमा खर्चेको यो धेरै रन हो । यसअघि १९औं एसियन गेम्समा भारतले नेपालविरुद्ध पावर प्लेमा ६३ रन जोडेको थियो ।
कुवेतको आक्रमक सुरुवात हेर्दा २०० रनको स्कोर हुने सम्भावना देखिएको थियो । तर नेपाली बलहरुले पुनरागमन गरे । कुवेतले अन्तिम ११ ओभरमा ७४ रन मात्र बनाउन सक्यो ।कुवेतका लागि ओपनर राजिभा सान्दारुवानले सर्वाधिक ६३ रन बनाए । उनले ३६ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै अर्का ओपनर क्लिन्टो अन्टोले १४ बलमा २६ र उस्मान पटेलले १५ बलमा २३ रन जोडे । मिट भवसारले ८ बलमा १६ रन बनाए ।
नेपालका लागि बलिङमा सोमपाल कामीले ४ ओभरमा २६ रन खर्चेर तथा नन्दन यावदले ४ ओभरमा ३४ रन खर्चेर समान २ विकेट लिए । करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।क्लिन्टो अन्टोलाई पाँचौ ओभरमा आउट गर्दै कुवेतको ओपनिङ साझेदारी तोडेका नन्दनले सातौं ओभरमा मिभ भवसाराई आउट गर्दै व्यक्तिगत र टिमको लागि दोस्रो विकेट लिएका थिए ।
कुशल भुर्तेलले १२ औं ओभरमा उस्मान पटेललाई बोल्ड गर्दै नेपालला२ तेस्रो सफलता दिलाए ।लगत्तै अर्को ओभरमा करण केसीले डेन्जरम्यान राजिभालाई आउट गर्दै खेल नेपालको पक्षतिर तानेका थिए ।१५औं ओभरमा बिलाल ताहिर रनआउटको शिकार बनेपछि कुवेतले पाँचौ विकेट गुमायो । १७औं ओभरमा सोमपालले मुहम्मद उमरलाई बोल्ड गरे । सोमपालले नै १९औं ओभरमा यासिन पटेललाई आउट गरे ।