काठमाडौं - सुनको मूल्य ओरालो लागेको छ । आइतबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य मंगलबार केही ओरालो लागेको हो ।
आइतबार प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला एक हजार ९५५ मा खरिदबिक्री हुने छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।