काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा लक्की चौधरी सर्वसम्मत चयन भएका छन् । फोनिजको यही चैत ३० गते बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्ष (खुला) विश्वराज तामाङ, उपाध्यक्ष (महिला) अञ्जना शिल्पकार, उपाध्यक्ष (संस्थागत) अर्जुन जम्नेली राई, उपाध्यक्ष अल्पसंख्यक यमन राई डोने, महासचिव समीर बलामी निर्वाचित भएका छन् ।
त्यसैगरी खुला सचिवहरुमा मिलन गाहा मगर, सन्दिपकुमार श्रेष्ठ, एमबी आस्था मगर रहेका छन् । संस्थागत सचिव सुनिल महर्जन, सचिव (महिला) माला पालुङवा लिम्बू, सचिव (महिला) मिला दराई, कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, सहकोषाध्यक्ष लक्ष्मी स्याङतान निर्वाचित भएका छन् ।
फोनिजको कोशी प्रदेश इञ्चार्ज राजेन्द्र दुष्ट, मधेस प्रदेशमा इञ्चार्ज शंकरलाल श्रेष्ठ, बागमती इञ्चार्जमा सुरेन्द्रभक्त श्रेष्ठ, गण्डकी इञ्चार्जमा रुद्र श्रीस, लुम्बिनी इञ्चार्जमा गजेन्द्र गुरुङ, कर्णाली इञ्चार्जमा रत्न सुनुवार, सुदूरपश्चिम इञ्चार्ज रामलखन चौधरी चयन भएका छन् ।
सदस्यहरुमा अतित योङहाङ, प्रदिपकुमार चौधरी, प्रज्वल श्रेष्ठ, प्रवीण श्रेष्ठ, निरज रञ्जित, अमिर लामा चयन भएका छन् । संस्थागत सदस्यहरु प्रदिपकुमार लेखी, साहिला तामाङ, दानबहादुर गुरुङ, श्याम राना मगर, सुरजवीर बज्राचार्य, महिला सदस्यहरुमा विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बू र रिया आले निर्वाचित भएका छन् ।
अल्पसंख्यक सदस्यहरुमा संगीता चेपाङ र प्रितम भुजेल, विदेश सदस्य विनोद श्रेष्ठ, लेखासमिति संयोजकमा गजेन्द्र राई र सदस्यमा प्रविणकुमार गाहा निर्वाचित भएका छन् ।