एजेन्सी - वयस्कहरूले केवल एक जोडी दाँत पाउँछन्, तर वैज्ञानिकहरूले अब प्रयोगशालामा मानव दाँत उमार्न सफल भएका छन्।
बेलायतको किङ्स कलेज लन्डन र इम्पेरियल कलेज लन्डनका वैज्ञानिकहरूले संयुक्तरूपमा प्रयोगशालामा मानव दाँत बनाउने सफलता हात पारेका हुन्।
वैज्ञानिकहरूले यस्तो विशेष सामग्री विकास गरेका छन् जसले कोशिकाहरूबीच आपसी सन्देश आदानप्रदान गर्न सक्ने वातावरण बनाउँछ। यसको अर्थ, एउटा कोशिकाले अर्को कोशिकालाई “अब तिमी दाँत बन्न सुरु गर” भनेर संकेत गर्न सक्छ र यसै प्रक्रियालाई प्रयोगशालामा पुनः सिर्जना गरिएको हो।
अब चुनौती भनेको प्रयोगशालामा बनेको दाँतलाई मानिसको मुखमा कसरी प्रभावकारी रूपमा स्थानान्तरण गर्ने भन्ने छ, जुन अझै धेरै वर्ष लाग्न सक्छ।
किङ्स कलेजकी क्लिनिकल लेक्चरर साओर्से ओ’टुलले भन्छिन्र “के यो मेरो पेशागत जीवनकालमा सम्भव होला? सायदै। तर मेरा छोराछोरीहरूको जीवनकालमा ? सायद र तिनीहरूको छोराछोरीहरूका लागि त अवश्य नै।”
विज्ञानको यो प्रगति भविष्यमा दन्त समस्याका समाधानमा क्रान्तिकारी परिवर्तन ल्याउने आशा गरिएको छ।
-बीबीसी