एजेन्सी- जापानका लागि नवनियुक्त अमेरिकी राजदूतले टोकियोका बाणिज्य दूतले वासिङ्टनको भ्रमण गरेपछि दुई देशबीच व्यापार सम्झौता हुनेमा आफू ‘अत्यन्त आशावादी’ रहेको बताएका छन् ।
जापानले ह्वाइट हाउसले घोषणा गरेको कडा कर फिर्ता लिन चाहेको बेला रयोसी अकाजावाले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत वरिष्ठ अमेरिकी अधिकारीहरूसँग भेटवार्ता र छलफल गरेका छन् ।
तत्काल कुनै प्रगति नभए पनि अर्को चरणको वार्ता यसै महिनाको अन्त्यअघि हुने बताइएको छ । उनले भने, “मैले अहिले वार्तामा खटिएका करसम्बन्धी अधिकांश अधिकारीहरूसँग भेटेको छु ।” “सम्झौता हुनेछ, म अत्यन्त आशावादी छु, ” राजदूत जर्ज ग्लासले पत्रकारहरूसँग भने ।
टोकियोको हानेदा विमानस्थलमा उहाँले भन्नुभयो, “जापान र अमेकिाका राम्रा र प्रतिभाशाली कुटनीतिज्ञ र कर विशेषज्ञहरूले वार्तालाई सम्झौतामा परिणत गर्ने जिम्मेवारी पूरा गर्न लागिपरेका छन् ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई उच्च प्राथमिकता दिएका छन् । त्यसैले मलाई धेरै विश्वास छ, हामी केहि गर्नेछौं।
जापानी कम्पनीहरू संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठूलो लगानीकर्ता हुन् र जापान एशिया–प्रशान्त क्षेत्रमा वाशिङ्गटनको लागि एक महत्वपूर्ण रणनीतिक सहयोगी हो। तर ट्रम्पले अधिकांश देशहरूमा लगाएको १० प्रतिशत आधारभूत करका साथै कार, स्टिल र आल्मुनियममा लगाएको पीडादायी कडा करको अधीनमा जापान पनि रहेको छ। ट्रम्पले जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ कर लगाए पनि यो चीनबाहेक अन्य देशहरूमा जस्तै ९० दिनका लागि रोकिएको छ।