काठमाडौं - नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
यस्तै, महासंघका अनुसार चाँदीकाे मूल्य आज पनि स्थिर रहि प्रतिताेला चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकाे छ ।