एजेन्सी - बेइजिङको हाफ म्याराथनमा मानिससँगै रोबोटहरू दौडिएका छन् । शनिबार बेइजिङको यीज्वाङ (Yizhuang) क्षेत्रमा आयोजित हाफ म्याराथनमा रोबोटहरूले मानिसहरूसँगै दौडिएका छन् ।
चिनियाँ निर्माता कम्पनीहरूले निर्माण गरेका २१ वटा ह्युमनॉइड रोबोटहरू २१ किलोमिटर (१३ माइल) लम्बाइको दौडमा हजारौं धावकसँगै सहभागी भए।
केही रोबोटहरूले सम्पूर्ण दूरी सफलतापूर्वक पूरा गर्न सके, भने केहीले दौडको सुरुवातमै कठिनाइ भोगेका थ थिए ।
एक रोबोट त सुरुवाती लाइनमै लडेपछि केही मिनेटसम्म भुइँमै लम्पसार परेर बसेको थियो। पछि त्यो उठेर दौडिन थाल्यो।
यो अनौठो सहभागिता प्रविधि र खेलको रोचक मिश्रणको उदाहरण बनेको छ। आयोजकहरूका अनुसार यस्तो प्रयोगले भविष्यमा प्रविधि र मानव क्षमताबीचको सहकार्यको सम्भावना देखाएकाे छ ।