काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सिंहदरबारबाट परिसरबाट पक्राउ परेका छन् ।
उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितलाई सिंहदरबार परिसरबाट पक्राउ गरेर लगेको हाे ।
उनीहरूले सिंहदरबारमै पर्चा देखाएर प्रदर्शन गरेकाे थिए । उनीहरूलाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एसपी अपिल राज बोहराले जानकारी दिए ।