काठमाडाैं - सिंहदरबार परिसरबाट शान्तिपूर्ण रूपमा अघि बढेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई सरकारले गिरफ्तार गरेको भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले भर्त्सना गरेको छ ।
आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै समितिका प्रवक्ता स्वागत नेपालले सरकारको यो कार्य अलोकतान्त्रिक भएको बताएका छन् । उनले पक्राउ परेका र झुटा मुद्दामा फसाइएका नेताहरूलाई रिहा गर्न माग गरेका छन् ।
अन्यथा आन्दोलनको माध्यमबाट उत्पन्न हुनसक्ने कुनै पनि क्षतिको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने चेतावनी पनि समितिले दिएको छ ।