काठमाडौं– कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्गसुविधा प्रदान गर्दै आइरहेको बैंकले एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको जनाएको छ । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने बैंकले जनाएको छ ।