काठमाडौं - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दैरकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेकाे हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं नगरपालिका-३१ बस्ने ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९वर्षीया उरूषा क्षेत्री, काठमाडौं महानगरपालिका-३२ बस्ने नुवाकोट विदुर नगरपालिका-५ घरभएका २७ वर्षीय केदार ढुङ्गाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४०वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रूपैयाँ,केदारले माल्दिभ्स पठादिन्छु भन्दै २ जना डितहरूबाट ८ लाख रूपैयाँ र पोषणराजलेजापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रूपैयाँ लिईसम्पर्कविहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराधअनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रूषालाई काठमाडौं महानगरपालिका-३१बाट शनिबार, केदारलाई काठमाडौं हानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाईदाङ तुल्सीपुर उपमहानगरपालिका-६ बाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।