काठमाडाैं - नेपाल ट्राइयाथलन संघको आयोजना तथा विश्व ट्रायथलन महासंघको सहयोगमा लेभल वान कोर्स पोखरामा हुने भएको छ ।
यहि बैशाख १३ र १४ गते पोखरामा आयोजना हुने एशिया ट्राइयाथलन कप २०२५ का दौरान हुने लेभल वान कोर्समा भारतका १, पोखराका १३ र काठमाण्डौ लगायतका ११ गरि कुल २५ निर्णायकहरुले कोर्समा सहभागिता जनाउने छन् ।
कोर्समा सहभागी निर्णायकहरुलाई विश्व महासंघकी बिज्ञ मेलोडी टानले प्रशिक्षण प्रदान गर्ने छिन् । स्थानियलाई प्रार्थमिकतामा राखेर यस पटक कोर्स पोखरामा संचालन गर्न लागिएको हो ।
कोर्सले थप दक्ष निर्णायक उत्पादन हुने र स्थानिय तहमा उत्पादन हुने निर्णायकका कारण स्थानिय तहमा प्रतियोगिता संचालन गर्नमा सहज हुने महासचिव युवराज सुनुवारले बताए ।
नेपालले यस अघि पनि लेभल वान कोर्ष संचालन गरिसकेको छ । हाल सम्म नेपालमा २१ प्रशिक्षित निर्णायकहरु रहेका छन् ।