काठमाडाैं - दानव नदिमा बेपत्ता २ बालकको शव फेला परेकाे छ । सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको हाे ।
सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।
सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो ।
बेपत्तामध्ये १४ वर्षका राज यादबको शव भने सोमबार साँझ फेला परेको थियो ।