बरहथवा - लालबन्दी नगर अस्पतालले गर्भवतीका लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ ।मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।
हालसम्म यो सेवा १३ जनाले लिएका छन् । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरे। अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिइन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने काम निकै सहरानिय छ ।
नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर सेवा सुरु गरेको हो ।