काठमाडौं-संस्कृदि, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भूकम्पपछि बनेका सम्पदाहरू उठाएको उद्घोष गरेका छन् । शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदाको क्षेत्र) को तेस्रो वार्षिक बैठकको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
उनले भने , सम्पदा भनेको सभ्यताको पहिचान हो। यी हाम्रा परिचयका प्राण तत्व पनि हुन् । यसम केबल भौतिक वस्तु मात्रै होइन, अभौतिक वस्तु समेत रहेको छन् । त्यसैले हाम्रो इतिहास छ । हाम्रो इतिहास दर्विलो छ । उनले भूकम्पपछि ढलेका सम्पदाहरुको पुरातात्विक संर या पुनः निर्माण परम्परागत शैलीमै गरिएको समेत बताए ।
उनले यप्दै भने, 'ललितपुरमा पनि कला जीवित छ। भक्तपुरमा पनि जीवित छ। काठमाडौँमा जीवित छन् । हाम्रा अरनीको अहिले पनि जीवित छन् । त्यसैले हामीले हाम्रो गौरवलाई जोगाएर संरक्षण गर्दै जाने र पुस्तान्तरण गर्दै जाने हो। युनेस्कोको सम्पदा सूचीमा हाम्रा सम्पदालाई जोड्न खोज्छौँ।' त्यसैले हाम्रा सम्पदाहरु विश्वव्यापी छन् । उनले सम्पदा जोगाउने भनेकै त्यहाँको स्थानीयको भएको बताए ।
मन्त्री पाण्डेले स्थानीयको सहभागीता विना सम्पदाहरुको संरक्षण गर्न नसकिने बताउनु भयो। उनले भुकम्पका कारण हाम्रा युप्रै सम्पदाहरु बलेका बताउँदै अहिले ती सम्पादाहरु उठ्ने क्रममा रहेको उल्लेख गरे । उनले भने , भूकम्पपछि बलेका सम्पदाहरु उठ्ने क्रममा छन्, ती उठ्नु सँगसँगै विश्वास पनि उठेको छ। हाम्रा आस्था पनि उठेका छन् । र हाम्रो आत्मविश्वास पनि उठेको छ । हामी गर्न सक्छौं, भूकम्पको दश वर्ष मनाइरहँदा दश वर्षको समीक्षा समेत गर्न जरुरी छ । उनले मुटुलुकमा भूकम्प जुन सुकै बेला र जति सुकै बेला आउन सक्ने बताउँदा सम्पदाहरु निर्माण गर्दा त्यसबाट सचेत हुन जरुरी रहेको बताए ।
मन्त्री पाण्डेले काठमाडौं भित्रका थुप्रै हनुमानढोका, बौद्ध, पशुपतिनाथ, कृष्ण मन्दीर लगायतका सम्पादाहरुको संग्रह र व्यवस्थित गर्नु पर्ने औल्याए । उपत्याका भित्रका सम्पदाहरुको संरक्षणका लागि एउटा सक्रिटको रुपमा अघि बढाउनेमा विश्वासमा समेत दिलाए ।