काठमाडौं- काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ८ भंगालस्थित सुन्दरबस्तीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस्तान्तरण नेपालको आयोजनामा वडा नं ८ सुन्दरबस्तीमा रहेको नेक्स्ट मार्टमा बिहान ८ बजेदेखि १ बजेसम्म सम्पन्न भएको हो ।
शिविरमा ६० वर्ष भन्दामाथिका ५० जना जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्दै लाभ लिए । स्वास्थ्य जाँचका क्रममा आइपुगेका जेष्ठ नागरिकमा धेरैजसो मधुमेह, उच्च रक्तचापजस्ता समस्या देखिएको जेरेआर्टिक चिकित्सक डा विन्दु पाण्डेले बताइन् । 'सचेतना शिविर कार्यक्रममा ६० देखि ९० वर्ष उमेरका ५० जना आउनुभएको थियो । उहाँहरु सुगर, हड्डी खिइएको समस्या र प्रेसरका नियमित औषधि सेवन गरिरहेको देखियो । धेरैजसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहनुभएको हामीले पायौ,' डा पाण्डले बताइन् ।
-1745656935.jpeg)
बुढानिलकण्ठ नगरपालिका वडा ८, जनमैत्री युवा क्लब र नेक्स्ट स्मार्ट सपिङको सहकार्यमा सम्पन्न शिविर निकै उपयोगी भएको वडा ८ का अध्यक्ष सुमन तामाङले बताए । 'पुस्तान्तरणले जेष्ठ नागरिकका लागि स्वास्थ्य कार्यक्रम ल्याउनुभएकोमा हामीले समन्वय गरिदिएको हो । धेरैले फाइदा लिनुभयो,' वडाध्यक्ष तामाङले भने । शिविरमा नगरपालिकामात्र नभई काठमाडौं बाहिरका वृद्धवृद्धा पनि स्वास्थ्य लाभ गर्न आइपुगेको जनमैत्री युवा क्लबका अध्यक्ष निश्चल अधिकारीले बताए ।
-1745656956.jpeg)
पुस्तान्तरण नेपाल नेपालका ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो । सम्मानित बुढ्यौली निर्माणको लागि कार्यरत संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गरिरहेको यसका अध्यक्ष प्रतिवेदन वैद्यले बताए । हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनको लागि ज्येष्ठ नागरिक भिलेजसमेत स्थापना गर्ने लक्ष्य राखेको अध्यक्ष वैद्यले बताए ।-1745656978.jpeg)