काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ४ वटा विशेष समितिहरु गठन गरेको छ । व्यवसायीहरूको हक, हित, सुरक्षा र संरक्षणलाई ध्यानमा राखी उक्त समिति गठन गरिएको जनाइएको छ ।
गठन भएका चार वटा समितिमा एक एक जना संयोजक तोकिएको छ । वैदेशिक रोजगार विभाग समन्वय समितिको संयोजक संघका द्वितीय उपाध्यक्ष देव कुमार खोखालीलाई तोकिएको छ ।
साउदी दूतावास समन्वय समितिको संयोजकमा तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल (वैभव), सीएसआर तथा आपतकालीन व्यवस्थापन समितिमा सचिव कुन्छा दोर्जे डिम्दोङ्ग र आर्थिक व्यवस्थापन समितिमा कोषाध्यक्ष धनमाया सिंजालीलाई संयोजक तोकेको छ ।
समितिका सदस्यहरुबारे छलफल भइरहेको जनाइएको छ । गठित समितिले व्यवसायीका विभिन्न समस्या समाधान गर्न भूमिका खेल्ने संघका महासचिव महेश कुमार बस्नेतले जानकारी गराए।