काठमाडाैं- विश्व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मजयन्ती कार्यविभाजन गरेर भव्य रुपमा यस आयोजना हुने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएकाे छ । गुठीको प्राचिन गुरु म्हारमेन ल्हाखाङ गुम्बामा साेमबार छलफल तथा सुझाव संकलनकाे एक कार्यक्रम गर्दै २९ गते सोमबारका दिन मनाउन लागिएकाे २५६९ औं बुद्ध जयन्तीको विविध कार्यक्रमबारे जानकारी दिएकाे हाे ।
विश्व भरी बौद्ध महास्तुपाको अस्तुसहित विश्वशान्ति यात्रा आराम्भ गरी भगवान बुद्धको असिमित ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पुऱ्याई समस्त नेपाललाई विश्वमाझ चिनाउने महान उद्देश्यका साथ २५६९ औं बुद्ध जयन्ती मनाउन लागेको जनाइएको छ ।
आयाेजकका अनुसार अवस्थित परम्परागत रुपमा प्रचलित जात्रा तथा पर्व व्यवस्थापन गरिने संस्कार तथा परम्परा अनुरुप पौराणीक बुद्ध मुर्तीको ऱ्याली सहित भगवान गौतम बुद्धको अमूल्य अस्तुधात तथा काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दूर्लभ अमूल्य अस्तुलाई बौद्ध धमालम्बी एवं उपस्थित पाहुनाहरु माझ दर्शन गराउने मुख्य कार्यक्रम रहने छ। साथै समस्ता अनुयायीहरुलाई पनि गुम्बामा दर्शनार्थ राखिने मुख्य कार्यक्रम रहने कार्यतालिका तय भएको जनाइएकाे छ ।
२५६९ औं बुद्ध जयन्ती बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध तामाङ कल्याण गुठी लगायत विभिन्न संघसस्थालाई समेटिएर पवित्र धार्मिक क्षेत्र बौद्धनाथबाट एकसाथ शान्तिको सन्देश दिन खोजिएको धर्म गुरु भुपतिबज्र लामाले बताए । कानुनले तोकेको क्षेत्राधिकार भित्र रहेर कार्य सम्पादन गर्दै आएको र प्राचीन समयदेखि पुजापाठ तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि गुठिले पाएको अधिकारको प्रयोग गर्दै आएको बताए।
पाचौँ सताब्दीदेखि नेपाल बस्दै ४० वर्षदेखि बुद्धको धार्मिक क्षेत्रमा लागेको बौद्ध महाचैत्यको प्रमुख परमपूज्य अवतारी धर्मगुरु रिन्पोक्षे लामाले ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा विश्वभरी मनाउन आह्वान गरेका छन् ।

धर्मगुरु रिन्पोक्षे चिनिया लामाले भने ,‘ भगवान बुद्धलाई संसारभर शान्ति फैलाएका ,जसले सबै थोक त्याग गरी एक रुखमुनि बसेको, सहनशिलता राखेको कुरालाई मनमा राख्नुपर्ने पर्छ। हामी सबै एउटै हौँ । म नेपालमा हुर्किएको हाे र म नेपाल राष्ट्रको छोरो हो । नेपाल राष्ट्र मेरो घर हो ।नेपालमा जन्मिएका बुद्धलाई विश्वभरी चिनाउनुपर्छ । म यही देशमा बलिदान दिन चाहन्छु, मेरो घर यही हो ।’
उक्त बुद्ध जयन्ती कार्यक्रममा राष्ट्र प्रमुखको प्रमुख आतिथ्यता रहने जनाइएकाे छ । साथै विभिन्न स्वदेशी -विदेशी संघरसंस्था, अनुयायीहरु, स्थानिय वासिन्दाहरु, लामा धर्मगुरु एवं विभिन्न विशिष्ठ अतिथिहरु र कुटनीतिज्ञहरुको उपस्थितिमा औपचारिक रुपमा हुने जनाइएकाे छ।