काठमाडौं - प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले सङ्गीतकर्मी सङ्घ सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष अमर लामाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
लामो समयदेखि बिरामी भइ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत लामालाई आज अस्पतालमै गएर भेट गरी आलेले रु २५ हजार सहयोग गरेका उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
डोटीको बडीकेदार गाउँपालिका–३, देवलका लामा लोक तथा दोहोरी गायक हुन् । गत चैत १७ गतेदेखि कैलालीको धनगढीस्थित मायामेट्रो असपतालमा भर्ना भई निरन्तर उपचाररत उहाँलाई यही वैशाख १४ गते काठमाडौँ ल्याइएको थियो ।