काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गर्नु भएको छ ।
बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औं वार्षिक उत्सोव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताएका हुन् ।
उनले अब चाडैं नै उक्त मस्यौदालाई चाडैं नै मन्त्रीपरिषद् हुँदै संसदमा लैजाने प्रतिवद्धता व्यक्त गरे । पशुपतिनाथ विश्वका हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहरको केन्द्रविन्दु रहेको बताउँदै उनले पशुपतिनाथले नेपालाई अन्र्तराष्र्टिय रुपमा चिनाउन सफल भएको बताए ।
मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रुपमा रहेको पशुपति नाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने प्रतिवद्धता समेत दोहोर्याए । पछिल्लो समय नराम्रा कुराको अत्याधिक प्रचार प्रसारका कारण राम्रा कुराहरु ओझेलमा परेको प्रति चिन्ता जाहेर गरे ।