काठमाडौं – कोरोना भाइरसको (कोभिड–१९) संक्रमणको त्राससँगै बजारमा मास्कको अभाव हुन थालेको छ ।
कोरोना संक्रमण रोक्ने भनिएको (एन नाइन्टी फाइभ) मास्कबाहेक नेपालमै उत्पादन हुने सर्जिकल मास्कको समेत अभाव हुन थालेपछि फार्मेसी तथा औषधि पसलमा ग्राहकको भिड हुन थालेको छ ।
प्रहरीले बरामद गरेका मास्कहरु पनि साझा औषधि पसलहरुबाटै बिक्री गर्न थालिएको छ । सो मास्कहरुको बिक्रीवितरण गर्न थालिएपछि साझा औषधि पसलहरुमा मास्क किन्नेहरुको भिड भएको छ ।
शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको साझा औषधि पसलमा पनि मास्क किन्नेहरुको निकै लामो लाइन देखिएको थियो ।