काठमाडौं, ७ चैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई ध्यानमा राख्दै देशबासीको नाममा विशेष सम्बोधन गरेका छन् । शुक्रबार साँझ ६ बजे देशको नाम गरेको सम्बोधनमार्फत देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामूदायिक तथा नीजि सेवा प्रदायक संघसंस्थाबाट प्रदान गरिने सेवा बन्द गर्ने घोषणा गरेको छ ।
नेपाल राजपत्रमा प्रकाशन गरिएका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने घोषणा गरिएको छ । साथै, चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधन बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । साथै सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाइने भएको छ ।
यसअघि नै मानिसको भीडभाड हुने सिनेमा हल, क्लव, विद्यालय र विश्वविद्यालयको पठन पाठन र परीक्षा स्थगित गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उनले जनताको स्वास्थ्यका लागि सरकारले जस्तोसुकै कदम चाल्न तयार रहेको भन्दै आवश्यकता हेरेर अर्को निर्णय समेत गर्न सकिने बताए ।
सम्बोधनका क्रममा यो विश्व महामारीले पर्न गएको अर्थतन्त्रका बारे अर्थ मन्त्रालयले सुष्मरुपमा अध्ययन गरिरहेको जानकारी गराए ।