काठमाडौं, १६ चैत । सरकारले लकडाउनको अवधि एक साता लम्बाउने निर्णय गरेको छ । रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले एक साता लम्बाउन सिफारिसपति सो निर्णय गरेको हो ।
सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ । यो तीन सातासम्म लम्बिने सम्भावना रहेको एक मन्त्रीले बताएका छन् । क्वारेन्टाइनमा बस्न नमान्नेलाई अब सरकारले नेपाल संक्रामक रोगअनुसार पक्राउ गरी मुद्दा चलाउने भएको छ ।
खासगरी विदेशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने नियम नमानेपछि सरकारले कडाई गर्न लागेको हो । क्वारेन्टाइनमा नबस्ने प्रवृित्तले संक्रमण व्यापक हुने जोखिम भएपछि कोराना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यस्तै, समितिले ३ बैशाखसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६ १२:३२