नवलपरासी पश्चिम । जिल्लाको प्रतापपुर गाउँपालिका–६ गुठी प्रसौनीमा सशस्त्र प्रहरीले एकसय लिटर घरेलु मदिरा नष्ट गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले सुस्ता गाँउपालिका–५ बलिनगरबाट भारतीय प्लेट नं युपी ५६ एएच ९२६८ को मोटरसाइकलबाट गएराति भारततर्फ लैजाँदै गरेको अवस्थामा घरेलु मदिरा पक्राउ गरेको हो ।
बरामद गरिएको घरेलु मदिरालाई स्थानीय र पत्रकारहरुको रोहबरमा शनिबार बिहान नष्ट गरेको छ । नेपाल सरकारले लगाएको लकडाउनको समयमा सीमामा तस्करी बढ्दै गएको स्थानीयको गुनासो बढेपछि प्रहरीले अझै सक्रियता देखाएको जनाएको छ ।