यस्तो उस्तो गर्छु भन्थ्यौ तर के गर्यौ नेताजी
ठाँउमा पुगी अगाउन्जेल आफ्नै पेट भर्यौ नेताजी
विकाश निर्माणका चिल्ला कुरा गरि गरि
आम जनताको भलो सम्म गर्यौ नेताजी
कति युवालाई जागिरको प्रलोभनमा
आफ्नो जालमा पारी जीवनबर्बाद पार्यौ नेताजी
आफ्नो मातृभुमिको लागी केही गर्छु भन्थ्यौ
तर आज काठमाण्डौमा डेरा सार्यौ नेताजी
स्विट्जरल्याण्ड जस्तो बनाउँछु भनी देश
सुन्दर शान्त नेपाल बिगार्नु सम्म बिगार्यौ नेताजी
कुर्ची पाएपछि कुर्चीनै सबैकुरा
आफ्नो स्वरमा आफ्ने धुन सपार्यौ नेताजी
- सज्जन बोहरा
अछाम
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४ १८:११