काठमाडौं, २४ चैत । नेपाल राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार दउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । सरकारको निर्णयसँगै अधिकारी राष्ट्र बैंकको १७औँ गभर्नर भएका छन् ।
गभर्नर छनाट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो । यसअघि गर्भनर सिफारिस समितिले अधिकारीसहित पूर्वअर्थसचिव डा. राजन खनाल र चिन्तामणि सिवाकोटीको नाम सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्ले ९ चैतमा अर्थमन्त्री डा. खतिवडाको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा रहेका थिए ।