काठमाडौं– नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ जनाको कोरोना परीक्षण नतिजा पोजेटिभ आएपछि कोरोना संक्रमितको संख्या ४१ पुगेको हो ।
यसअघि मंगलबार दिउँसो एक जना र केही समअघि आठ जना गरी ९ जनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो । यसअघि कोरोना संक्रमण गरिएका नौ जना उदयपुरका पुरुष रहेका बताइएको थियो । यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।
उदयपुरका ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० पुगेको थियो । यसअघि उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।