हेमराज भट्ट
नेपालगञ्ज/कोहलपुर नगरपालिकाले गत पुुस १० गते सम्पन्न नगरसभाबाट गुट्खा निषेध गर्ने भनि कोहलपुर नगरपालिकाले गत पुुस १० गते सम्पन्न नगरसभाबाट गुट्खा निषेध गर्ने भनि गरिएको निर्णय प्रभावकारी हुन सकेको छैन । नगरपालिकाले गुट्खा निषेधित घोषणा गरेको महिना दिन बितिसक्दा समेत नियन्त्रणमा आउन नसकेको हो । स्थानिय नगरबासिहरुले गुट्का निषेधित घोषणा गरेको थाहा भएपनि नियन्त्रणका लागि खासै प्रयास नभएको बताए । कोहलपुर नगरपालिकामा ब्यवसायिहरुले खुलेआम गुट्खा बिक्रि गरिरहेका छन् बिक्रि, बितरणमा कसैले पनि अवरोध सिर्जना गरेको थाहा नभएको स्थानीयहरुको भनाई छ । उता नगरपालिकाले भने गुट्खा निशेधित क्षेत्र घोषणामा व्यवसायीहरुको असहयोगका कारण सफल हुन नसकिएको बताईरहेको छ । नगरपालिकाका एक पदाधिकारीले भने —नगरपालिकाले निर्णय गर्ने व्यवसायिहरुले अटेरी गर्ने कसरी गुट्खा निषेधित हुन्छ । सो बारेमा ब्यवसायिहरु भने सहमत देखिएका छैनन् कोहलपुर बसपार्कका एक ब्यापारीले सबै भन्दा बढी बिक्रि हुने चुरोट गुट्खा भएको र यस मा फाईदा समेत भएकाले ब्यापारीहरुलाई यसको बन्देजले ठुलो नोक्सानी हुने बताए । सबैसँग छलफल गरी नियन्त्रण गर्दा उपयुक्त हुने उनको भनाई थियो । कुनै पनि निर्णय गर्दा सबै सहमत हुने तर कार्यान्वयनमा तत्परता नदेखिदा समस्या सिर्जना हुने गरेको बताईन्छ । नगरपालिकाले गुट्खा निशेधित गर्ने बिषयमा कोहलपुर उद्योग बाणिज्य सँघ लगायत सरोकारवालाहरुसँग छलफल गरिसकेको बताईएकोछ । सो बिषयलाई थप प्रभावकारी बनाउन कोहलपुर नगरपालिकाका उपप्रमुखको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिसकेको नगरपालिका श्रोतले जनाएको छ । समिति गठन भएपनि हाल सम्म अनुगमन शुरु नगरेको र चाँडै अनुगमन गरि कडाईका साथ लागु गर्ने जनाएको छ । गुट्खा नियन्त्रणका बिषयमा उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष चक्र अधिकारी अभियान राम्रो भएकाले सो अभियानमा संघको सहयोग रहने बताउँछन् । उनले यसलाई सफल पार्न अनुगमन समितिको सक्रियता आवश्यक पर्ने बताए । नगरपालिकाले अहिले नगर भित्र बढी प्रयोग भईरहेको र त्यसले नगर भित्र फोहोर भएका कारण तत्काल नियन्त्रण गर्न जरुरी भन्दै गुट्खा नियन्त्रण अभियान थालेको बताएको छ तर नेपाल सरकारले लागु गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ लागु गर्न समेत नगरपालिकाले तत्परता देखाउन जरुरी छ । नेपाल सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८मा ‘सुर्तीजन्य पदार्थको बट्टा,¥यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबुलको कुल भागमध्ये कम्तीमा ७५ प्रतिशतमा सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ भन्ने जस्ता व्यहोरा मन्त्रालयले तोकेबमोजिम चेतावनीमूलक सन्देश र सुर्तीजन्य पदार्थको सेवनको असरबाट भएको घातक रंगीन चित्र प्रस्ट रूपमा बुझ्ने र देख्ने गरी नेपालीभाषामा छाप्नु र अंकित गर्नुपर्ने व्यवस्था छ । ऐनअनुसार अब सुर्तीजन्य उत्पादनले बट्टामा निकोटिनको मात्रा पनि उल्लेख गर्नुपर्नेछ । पाँच वर्षमुनिका बालक र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बेच्न पाइने छैन । स्कुल, सरकारी कार्यालय, वृद्धाश्रम, बालसुधार गृह र अस्पतालको एक सय मिटर वरपर पनि बिक्री वितरणमा पूर्ण निषेध लगाइने छ भनी ब्यवस्था गरेकोछ । यद्यपी यो ऐनको कार्यान्वन भने निकै फितलो रहेको छ ।