काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ४८ पुगेको छ । पछिल्लो समय थप एक जनामा कोरोना संक्रमित पुष्टि भएपछि संक्रमितको संख्या ४८ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा भोजपुरमा थप एकजना कोरोना संक्रमित पुष्टि भएका हुन् । यसअघि बिहीबार दिउँसो उदयपुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि गरिएको थियो । उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण देखिएपछि उपचार गरिएका ९ जना निको भएर अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।