नेपालगञ्ज/ नौै महिनासम्म कोखमा हुर्काएको बालकलाई जन्म दिएकै दिनमा कुनै आमाले हत्या गर्न सक्छिन् ? यो सोच्नै नक्सने कुराहो । तर बाँकेको नेपालगञ्ज वडानम्बर २० की एक आमाले असोचनिय रुपमा जन्माएकै दिनमा बच्चाको हत्या गरिदिएकि छिन् ।
३९ बर्षिया एक आमाले जन्मिएकै दिनमा बालकको बिभत्स तरिकाले हत्या गरेको खुलेको छ । ९ महिना सम्म आफू गर्ववती भएको कसैलाई थाहा नदिएकि उनले घर नजिकैको खोल्सामा लगेर हत्या गरेको पाईएको छ । जन्मिएको बालकलाई घर देखि १०० मिटर जतिको दुरीमा रहेको खोल्सामा लगेर हत्या गरि पुरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शुरक्षाकर्मीकी श्रीमती रहेकी उनका दुई छोरी छन् । श्रीमान लामो समय देखि सम्पर्कमा नरहेको बताईन्छ । उनी सम्पर्क बिहिन भएपछि उनले सामान्य मजदुरी गर्दै आएकी थिईन् ।
श्रीमानसँग नरहेकि उनको अनैतिक सम्बन्धबाट बालकको जन्म भएका कारण हत्या गरिएको आशंका प्रहरीले गरेकोछ । गाउँमा उनका बारेमा गाईंगुईं चलेपछि प्रहरीले महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रहरीले महिलालाई घटनास्थल देखाउन लगाएको थियो । महिलाले देखाएकोे ठाउँमा खोस्रेर हेर्दा मृत बच्चा फेला परेको थियो ।
प्रहरीका अनुसार, बच्चाको घाँटी रेटिएको पाईएको छ । बिहीबार प्रहरीले बच्चालाई खाल्डोबाट निकालेर भेरी अञ्चल अस्पताल नेपालगञ्ज ल्याई पोष्टमार्टम गराएकोछ, पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । जन्मेपछि बच्चाको मृत्यु भएको वा मृत बच्चा जन्मिएको भन्ने बारे पोष्टमार्टम रिपोर्ट पश्चात मात्र एकिन हुने प्रहरीले जनाएको छ ।
महिलाको सोही दिन राती नौ बजे स्वास्थ्य परिक्षण गरिएको छ । प्रहरीले अस्पतालमा ल्याउँदा पनि महिला मदिराले लठ्ठिएकी थिईन् । प्रहरीका अनुसार ति महिलासंग अनैतिक सम्बन्धमा रहेका पुरुषको पहिचान भईसकेको छ । पहिचान भएका पुरुषलाई प्रहरीले पोष्टमार्टम रिपोर्ट पश्चात पक्राउ गरि अनुसन्धान अगाडी बढाउने भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०७४ १३:०३