काठमाडौं– एकै दिन नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगजमा गरिएको परीक्षणपछि उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
आइतबारको थप संक्रमितसहित गरी नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । आइतबार भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
वीरगन्जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनसस्वास्थय प्रयोगशाला गरिएको परीक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगन्जमा कोरोना संक्रमण देखिनेमा ५ पुरुष र ४ जना महिला छन् । उनीहरु ७ देखि ५८ वर्षसम्मका रहेको बताइएको छ ।
नेपालगन्जमा कोरोना संक्रमितहरुलाई कोरोना अस्थायी विशेष अस्पताल ल्याइने भएको छ ।