काठमाडौं– मास ह्युमान रिसोर्स प्रालिले राहत वितरण गरेको छ । कोभिड–१९ (कोरोना भाइरस) कारण देश लकडाउनमा रहेका बेला गरिब, असहाय, अपांगता भएका व्यक्ति तथा अशक्त र विद्यार्थीहरूलाई रिसोर्सका सञ्चालक एकेन्द्र कुँवरले राहत वितरण गरेका हुन् ।
लकडाउनका कारण रोजगार गुमाएर बसेका गरिबहरूलाई सञ्चालक कुँवरले राहत सामग्री वितरण गरेर उपकारी हात अघि बढाइरहेका छन् ।
सुदूरपश्चिम घर भई हाल धनगढीमा बसोबास गर्दै आएका कुँवर समाजसेवीसँगै खेलकुद परिषद्को केन्द्रीय सदस्यसमेत हुन् । उनी अहिले यो संकटको घडीमा गरिब, दुःखी, असहाय र अपांगको ढोकामा पुगेर उनी राहत बाँडिरहेका छन् । यो महामारीको समयमा उनले सैयौ“को संख्यालाई राहत वितरण गरिसकेका छन् । यो महामारीमा आफ्नो ज्यान धरापमा राखेर राहत बाँडिरहेका कुँवर भन्छन्, ‘हामी सबै बराबरी हौँ । कसैलाई भोक लाग्ने÷नलाग्ने भन्ने हुँदैन ।’
व्यक्तिगत तवरबाट सैयौँको संख्यालाई राहत वितरण गरेका कुँवर दिनभर ज्याला मजदुरी गरेर चुल्हो बाल्न मुस्किल पर्नेहरूले यो लकडाउनमा कसरी जिविकोपार्जन गरे ? दिनभरी भगवान्लाई पूजा गर्ने धुप बेचेर जिविका चलाउने दृष्टिविहीन, अपांगता भएका अनि अशक्तहरूका लागि कुँवर साक्षात् भगवान् बनेर ढोकामा पुगिरहेका छन् । उनले आफ्नै खल्ती रित्ताएर उनीहरूको चुल्हो बालिदिएकामा राहत पाउनेहरूले उनलाई भगवान् नै मानिरहेका छन् ।
कुँवर भन्छन्, ‘एक थुकी सुकी, सय थुकी नदी,’ यसअघि उनी भन्छन्, ‘यो समय भनेको उस्ले सहयोग गरेन भनेर गुनासो गर्ने बेला होइन । यो समय आफूँले आफ्नो व्यक्तिगत स्तरबाट जति सहयोग गर्न सकिन्छ गर्नुपर्छ । बाँकी बहसको काम पछि बाँचेपछि गरौँला । अहिलेको काम भनेको सबै जनाले खुसीको सास फेर्नु हो ।’
महामारीको समयमा धनगढीबाट काठमाडौं आएर उनले पुरातात्विक मठको संरक्षण गरेर बसेका मठाधिशहरूलाई राहत सामग्री बाँडेका छन् । चामल, नुन, तेल, दाललगायत अन्य राहत सामान लिएर उनीहरूको अगाडि पुगेका कुँवर भन्छन्, ‘हामी सबैले यो संकटको घडीमा सकेको अवस्थामा सहयोग गर्नु नै सच्चा नेपाली हुनु हो ।’
यो संकटको घडीमा घामपानी नभनी गरिबहरूको ढोकामा राहत सामग्री लिएर पुग्ने कुँवरको सामाजिक कार्यको अर्काे उदाहरणीय कार्य पनि छ । सुदुरपश्चिम घर भई हाल धनगढीमा बसोबास गर्दै आएका समाजासेवी कुँवरले १२ बैशाखमा सुदूरपश्चिममा प्रथम कोरोना संक्रमित बिरामी फेला परेसँगै संक्रमित र सम्भावित संक्रमितको संकलन गरिएको दुई सय स्वाबलाई काठमाडौं लिएर आए । जतिबेला देश लकडाउनमा रहेकोले आन्तरिक हवाई सेवा बन्द थियो । उनले आफ्नो ज्यान जोखिममा राख्दै संकलन गरिएको स्वाब काठमाडौं लिएर आए ।
अहिले कुँवर काठमाडौमा अलपत्रझैँ अवस्थामा रहेका साधु सन्त, अपांगता भएका, दृष्टिविहीन, विद्यार्थीहरूको सारथि बनेका छन् । बिहान घरबाट खाली पेट निस्किएर उनीहरूको सेवामा तल्लीन छन् ।