१४ बर्षकी
कायनात शेष नेपालगञ्ज स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । बुवा कल्लु शेष र आमा चन्दा शेषको न्यानो कोखबाट जन्मेकी शेष नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बि.पि.चोकमा बस्छिन् ।
परिवारमा उनको दाई, वहिनी र बुवा, आमा र आफु लगाएत ५ जना छन् । कायनात अरु भन्दा पढाइमा अव्वल छिन् । अहिले सम्म प्रथम र द्धितिय स्थान हाँसिल गरिरहेकि छिन् । पढाईको साथसाथै अतिरिक्त गतिविधिमा पनि उनी सक्रियनैँ छिन् । उनको कलाकारितामा बिशेष रुचि छ । उनलार्ई कबड्डी खेल खेल्न बिशेष मन पर्छ । १ र २ कक्षा सम्म धम्बोझी स्थित सेन्टथोमस उच्च मा.वि.मा अध्ययन गरकि उनले कक्षा ३ देखि सरस्वती माध्यमिक बिद्मालयमा अध्ययन गर्दै आएकछिन् । कायनात कक्षाकी उत्कृष्ठ बिद्यार्थी हुन् । कक्षा ८ मा पनि उनले प्रथम स्थान हाँसिल गरकि थ्ईिन् । पढाईमा मेहनती र परिश्रममा बिश्वास राख्ने उनी भविष्यमा विज्ञान विषयको शिक्षक बन्ने लक्ष्य लिएकि छिन् । उनी शान्त स्वभावकी छिन र उनी आफु अनुशासित भई साथीहरुलाई समेत सकारात्मक काममा हौसाउने गर्छिन् । उनलाई सानोमा पोलियो भएको हुनाले ग्रामिण स्वास्थ्य शिक्षा केद्र नेपालगञ्ज बाँकेले कक्षा १ देखि १२ सम्म पढाईमा सहयोग गरिरहेको छ । उनसँगै पढ्ने एक जना साथीको बाल बिवाह भयो उनका सार्थीहरुले रोक्ने कोशिश गरे तर उनीहरुको प्रयास सफल भएन । बाल बिवाह न्यूनिकरण सम्बन्धी नाटक समेत प्रर्दशन गर्दै आएको उनी बताउँछिन् । कसैको सहयोग पाईयो भने बाल क्लब बनाउने उनको धोको छ । समाज सेवा गर्न उनलाई मन पर्छ ।
-
प्रतिक्षा गिरी/रुपा चौधरी