कुरा यहि माघ १० गतेको हो, म काम बिशेषले नेपालगञ्जको सुर्खेतरोड स्थित जिल्ला बन कार्यालय गएको थिएँ । कार्यालय परिसर भित्र नेपालगञ्जमा शुरु भईरहेको प्रादेशिक महोत्सवका लागि ल्याईएको हात्ति थियो, हात्ति हेर्न मान्छे झुम्मिरहेका थिए, अरु मान्छेहरु पनि थिए ।
मूल ढोका भन्दा बाहिर पनि सेवाग्राहीहरु उत्तिकै थिए । हामी मूल ढोका नजिक पूग्दा मूल ढोका भित्रबाटै बन्द गरेको पाईयो । मलाई अचम्म लाग्यो, दिउसै सार्वजनिक कार्यालयको ढोका भित्रबाट बन्द ? म लगाएत बाहिर भएकाहरुले ढोका ढकढकायौं केही बेर पछि जिल्ला बन कार्यालयको शुरक्षाकर्मीले ढोका खोले । ढोका खोले लगत्तै भित्रै किन जाने, के काम छ ? लगाएतका दर्जनौं प्रश्नहरु बर्षाउँदै द्धन्द्धकालको झल्को दिने गरि केरकार गरेपछि हामीले उनको प्रतिबाद ग¥यौं । काम भएरै सरकारी कार्यालय आईन्छ, आगन्तुक पुस्तिका छ भने त्यहाँ नाम दर्ता गर्नुहोस्, भित्र छिर्ननैं नदिने के कारण छ ? भनेपछि भित्रबाट ढोकाबाट बन्द गर्न हामिकसावको आदेश छ भनेर उनी पन्छिए । हामीले यसबारे जिल्ला बन कार्यालय, बाँकेका प्रमुख पुष्पराज बर्ताैलाको ध्यानाकर्षण गरायौं । धेरै भिडभाड हुने भएकाले एउटा ढोका मात्र बन्द गर्न भनेको भन्दै कार्यालय प्रमुख पन्छिए ।
यसरी दिउसै कार्यालयको मूलढोकानैं भित्रबाट बन्द गर्नुका कारण के हो ? हामीले बुझेनौं । नागरिक जान्न चाहन्छन् । दिउसै ढोका बन्द गर्नुपर्ने कारण के आईलाग्यो ?
-
एक सेवाग्राही