नेपालगञ्ज- मन्दिर परिसरमा माग्न बस्नेहरु सबै गरिव हुँदैनन् । कतिपय त यसलाई मागि खाने सजिलो बाटो समेत बनाईरहेका हुन्छन् भन्ने कुराको तथ्य उजागर भएको छ । नेपालगञ्ज स्थित प्रशिद्ध बागेश्वरी मन्दिरमा बस्ने मगन्ताहरु मध्य कतिपय सम्पन्न रहेको बताईन्छ । गरिव, सम्पन्न देखि बिभिन्न गलत कार्यमा संलग्न व्यक्तिहरु मन्दिरमा बसि मन्दिरको बदनाम गर्न थालेपछि बागेश्वरी मन्दिर परिसरमा रहेका झण्डै ७० मगन्ताहरुलाई बागेश्वरी मन्दिर ब्यवस्थापन समितीले हटाउने अभियान संचालन गरेकोछ । समितीले मन्दिर परिसरमा बस्नेहरुलाई निल सागर असहाय असक्त तथा जेष्ठ नागरीक सेवा केन्द्र नेपालगञ्जलाई जिम्मा लगाउने कुरा अघि सारे पछि ५० जना भिकारी आफै आफ्नो ब्यवस्था गरि घर तर्फ लागेको मन्दिर स्थित कार्यालय इन्र्चाज राजु केसीले बताए । उनका अनुसार ५० जना आफ्नो घर गएपछि अब २० जना लाई मात्रै ब्यवस्थापन गर्नुपर्ने भएकोछ । मन्दिरमा भिक माग्ने, प्राप्त भएको सामाग्री साँझ बिक्री गरी होहल्ला मच्चाउँदै मन्दिरमा अशान्ति मच्चाउने गरेपछि उनीहरुलाई हटाउने अभियानमा समिति लागेको बताईएको छ । यसैगरी समितिले परिसर क्षेत्रका सटर, कोठाको महसुल उठाउन कडाई गरेकोछ । कार्यालय ईन्र्चाज राजु के.सी. भाडा उठाउन कडाई गर्न थालेपछि रकम त्रि गतिमा उठिरहेको बताउँछन् । उनका अनुसार, २५ सय रुपैया देसी ५ हजार सम्म भाडा तिर्ने पसलहरु परिसर भित्र संचालित छन् । बागेश्वरी मन्दिरको दक्षिण पुर्व पश्चिम क्षेत्रमा १८ वटा सटर, १३ वटा फुल प्रसाद पसल र दर्जन बढि फुटपात पसलहरुछन् ।