कुरा केही दिन अगाडीको हो म काम बिशेषले राती ८ बजे तिर नेपालगन्जको भृकुटिनगर देखि बसपार्क जाँदै थिए म बाईकमा थिएँ । म सुर्खेतरोड जाँदै गर्दा औद्योगिक क्षेत्र अगाडी देखि अली सुर्खेत रोडको सडक फरक जस्तो लागेको थियो म बिपी चौक क्रस गर्दा सम्म मलाई पुरै राजमार्गमा हिँडिरहेको जस्तो लाग्यो कारण थियो अन्य दिनहरु जस्तो सडकको ठाउँ—ठाउँमा क्रस गर्ने यात्रुहरु निकै कम देखिएका थिए किन होला भनेर म सोचिरहेको थिए मलाई लागेको थियो चिसोका कारण होला जे होस् मलाई अन्य दिनको तुलनामा यात्रा गर्न सहज भएको
थियो । म धम्बोझि नजिकै पुग्दै गर्दा बिच सडकमा कुहिरोका बिच सडकमा काम भईरहेको देखें नजिकै गएर मैले केही समय के भएको रहेछ आफ्नो बाईक साईडमा पार्किङ्ग गर्दै हेरें त्यहाँ मैले केही उपमहानगरपालिकाका कर्मचारीहरु यता उता गरिरहेको देखे भने डोजरले साईडमा राखिएका डिभाईडरहरु उठाएर ठाउँ—ठाउँमा खुल्ला रहेको सडकको बिचमा राखि केही निश्चित ठाउँबाट मात्रै ओाहोर दोहोर गर्ने गरी ब्यवस्थापन गरिरहेको रहेछ । मैले बल्ल सडक क्रस गर्ने यात्रुको सँख्या किन घटेको भन्ने महशुश गरे नजिकै जाँदा त्यही कर्मचारीहरुको बिचमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरलाई चिसोको प्रवाह नगरि कर्मचारीहरुलाई परिचालन गरिरहेको देखे त्यो देखेर मलाई निकै खुसी लाग्यो र उपमेयरको कामको मन मनै प्रशंसा समेत गरे ।
सुधार गर्न आफैबाट शुरु गर्नुपर्छ भनेझै उपमेयरको सक्रियताले नगरपालिकामा पक्के परिवर्तन हुने कुरामा बिश्वास जागेर आयो । मैले यो सोचिरहँदा ति डिभाईडरहरु उठाउनु जायज हो वा होईन भन्ने बहस भएको समेत सुनें तर त्यो बहस मलाई निरर्थक लाग्यो । नेपालगन्जको गणेशमान चौक देखि कारकाँदो चौक सम्म झण्डै ५०/५० मिटरमा राखिएको क्रस बाटोले यात्रुहरुलाई निकै अप्ठ्यारो भने बनाएको थियो पैदल यात्रु तथा सवारी यात्रुले जहाँ मन लाग्यो त्यहाँ बाट सडक पार गर्दा गर्दा सवारी दुर्घटना समेत दिनहुँ भईरहेको थियो ।
अर्को तर्फ आफ्नो गतिमा यात्रा गरिरहेको सवारी चालकलाई कति खेर कताबाट अगाडी आउँछ सधै तनावमा यात्रा गर्नुपर्ने बाध्यता समेत थियो जसलाई उपमहानगरपलिकाको यो कार्यले सहजता बनाएको छ । उपमहानगरपालिकाको यो कार्यले नगरबासिमा सकारात्मक सन्देस प्रवाह गरेको मलाई लागेको छ यस्ता कार्यहरुलाई निरन्तरता दिनु जरुरी छ ।
- एक प्रत्यक्षदर्शी